वीरगन्ज छपकैयाका २६ वर्षीय युवकको हत्या, खोला किनारमा भेटियो शव

जनकपुर — पर्साको वीरगन्ज छपकैयाका २६ वर्षीय वीरेन्द्र साह सोनारको हत्या भएको छ। टाउको पछाडि चोट लागेको अवस्थामा बिहीबार उनको शव फेला परेको हो।

६ दिनदेखि हराइरहेका वीरेन्द्रको शव बाराको प्रसौनी गाउँपालिका–१ त्रिवेणी खोला किनारमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। हत्या रहस्यमय भएको भन्दै प्रहरीले थप विवरण उपलब्ध गराएको छैन।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाका अनुसार वीरेन्द्र २७ असोजदेखि सम्पर्कविहिन भएका थिए। आफनै घरमा कोठा भाडामा लिएर बस्ने एक भारतीय नागरिकसित निस्किएका उनी घर नफर्किएपछि खोजतलास सुरु भएको थियो।

घरबाट हिडेको ६ दिनपछि उनी मृत अवस्थामा फेला परेको डीएसपी सापकोटाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट