सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा, आजै वेलुका जाने

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

उनी अमेरिकाको टेक्ससमा जारी टी–ट्वेन्टी आई सिरिज खेल्न जान लागेका हुन। नेपाली टोली अहिले अमेरिकामै छ। नेपालले आज विहान भएको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको थियो।

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन्। लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ।

नेपाली टोली क्यानडामा लिग टू र टी–ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो। लामिछाने भने अमेरिकाले भीसा नदिएका कारण क्यानडाबाटै फिर्ता भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट