खेतमा काम गर्न गएका ३ बालिकालाई करेन्ट लाग्यो, एक जनाको घट्नास्थलमै मृत्यु

जनकपुर– महोत्तरीमा खेतमा छोडिएको विद्युतीय तारबाट करेन्टालगेर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई बालिका घाइते भएका छन्। जंगली जनावरबाट बाली जोगाउन लगाएको विद्युतीय धरापमा उनीहरु परेका हुन।

गौशाला नगरपालिका–३ पचानटोलका विनोद महतोको खेतमा छोडिएको विद्युतिय करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ। डिएसपी सन्तुलाल जयसवारका अनुसार महतोले खेतको बारमा करेन्ट प्रवाह भएको नांगो तार छोडेका थिए।

करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

खेतमा काम गर्न गएका वेला उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट