बदनामीको टीका लगाएर हेडक्वाटर तानिए मोरङका एसपी, यस्तो छ आरोप

विराटनगर– मोरङ प्रहरीका एसपी नवराज कार्की हेडक्वार्टर तानिएका छन्। आर्थिक अनियमिततामा मुछिएपछि उनलाई संगठनले मोरङको जिम्मेवारी खोसेर हेडक्वार्टर तानेको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले एसपी कार्कीलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए। ‘उनको हेडक्वाटरमा सरुवा भएको हो। सरुवाको कारणबारे भने मलाई जानकारी भएन’– उनले भने।

प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ। हेडक्वाटरले उनको स्थानमा अपराध अनुसन्धान कार्यालयका एसपी राजन लिम्बूलाई पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट