झापामा फलामको गेटले किच्दा २ वर्षीय बालकको मृत्यु

दमक– झापामा फलामको गेटले किचेर २ वर्षीय बालकको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका–६ का सवनम मस्कराका २ वर्षीय छोरा शिवयमको फलामको गेटले थिचेर मृत्यु भएको हो।

अर्जुनधारा–६ स्थित मामा ऋषि अग्रवालको घरमा पाहुना गएका बेला खेल्ने क्रममा भत्किएको गेटले बिहीबार राति ८ बजे उनलाई थिचेको हो। उनलाई आमा श्रेया अग्रवालले मामाघर लगेकी थिईन।

गेटले थिचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान साढे ६ वजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट