यौन भिडियो बनाएको आरोपमा ‘फुटबलर’लाई ४ वर्षको जेल सजाय माग, भाउजुका कारण फसे ह्वाङ

काठमाडौँ– दक्षिण कोरियाका अन्तर्राष्ट्रिय फुटबलर ३२ वर्षीय ह्वाङ उइ–जोविरुद्ध गैरकानुनी रुपमा यौन सम्बन्धको भिडियो बनाएको अभियोगमा ४ वर्षको जेल सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता भएको छ। ‘सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट’मा ह्वाङ विरुद्ध मुद्दा दर्ता भएको हो।

नटिङ्घम फरेस्टका पूर्व स्ट्राइकर ह्वाङमाथि सहमतिबिना एक महिलासँग यौन सम्बन्ध राखेको भिडियो बनाएको आरोप छ। अदालतमा सुनुवाईका क्रममा उनले आरोप स्वीकार गर्दै आफूमाथि दया देखाउन आग्रह गरेका छन्।

एएफपीले बिहीबार प्राप्त गरेको फैसलापूर्वको कागजातको एक अंशमा यो कुरा उल्लेख छ। हाल टर्कीको क्लब अलान्यास्पोरबाट खेल्दै आएका ह्वाङले सुरुमा आफू निर्दोष रहेको दाबी गरेका थिए। पछिल्लो समय भने उनले गल्ती स्वीकारेका छन्।

ह्वाङले न्यायाधीशलाई दिएको बयानमा ‘मैले गरेको गल्तीका कारण पीडितहरूले दुःख पाएका छन्, म क्षमा याचना गर्दछु। म अत्यन्त उदारताको लागि हार्दिक अनुरोध गर्दछु।’ कोरियाली भाषामा ‘मोल्का’ भनेर चिनिने ‘स्पाइ क्यामेरा’ को सहयोगमा बनाइने भिडियोहरू सामान्यतया पुरुषहरूले बनाउने र पैसाका लागि बेच्ने गर्छन्।

उनीहरूले महिलाहरूले शौचालय र अन्य ठाउँहरूमा गरेका ‘गोप्य गतिविधि’ वा ‘गोप्य यौन सम्बन्ध’को फुटेजलाई पनि यसरी दुरूपयोग गर्नेगरेको पाइन्छ। सन् २०२३ को जुनमा उनकी भाउजूले ह्वाङलाई ब्ल्याकमेल गर्ने प्रयास स्वरूप उनको ‘गोप्य अश्लील भिडियो’ पोस्ट गरेपछि यो स्क्यान्डल प्रकाशमा आएको थियो।

उनी अहिले ब्ल्याकमेल गरेको आरोपमा तीन वर्षको जेल सजाय काटिरहेका छन्। ह्वाङलाई गत वर्षको नोभेम्बरदेखि राष्ट्रिय टोलीबाट निलम्बन गरिएको थियो। उनले दक्षिण कोरियाका लागि ६२ खेलमा १९ गोल गरेका छन् । ह्वाङलाई डिसेम्बर १८ मा सजाय सुनाइने छ।
अन्तर्राष्ट्रिय समाचार माद्यमको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट