जग्गा विवादमा चक्कु प्रहार गरी भाईको हत्या, पक्राउ परेपछि दाजुले आफै स्विकारे अपराध

काठमाडौँ– जग्गा विवादमा आफ्नै भाइलाई छुरा हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका –४, हापुरेका पूर्ण तामाङ (३१) लाई पक्राउ गरेको छ। सहोदर भाइ अनिल (२८) को हत्या आरोपमा पूर्ण पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार मंगलबार विहान जग्गा विवादका पूर्णले भाइको पेटमा छुरा प्रहार गरेका थिए। अचेत अवस्थामा फेला परेका अनिललाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। अस्पताल पुर्याएको केही समयपछि नै उनको मृत्यु भएको थियो।

सुरुमा सम्पत्ति माग्दै बिबाद गरेर अनिलले आफैलाई चक्कु प्रहार गरेको चर्चा चलेको थियो। तर, अनुसन्धानका क्रममा दाजुको चक्कु प्रहारबाट अनिलको मृत्यु भएको खुलेको डीएसपी ठकुरीले बताए। मृतकका बुबा सोमार र दाजु पूर्णलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पूर्ण आफैले अपराध स्विकार गरेको उनको भनाई छ। बुबामाथि भाइले गरेको दुब्र्यबहार सहन नसकेर उत्तेजनामा आई भाईमाथि चक्कु प्रहार गरेको पूर्णले बयान दिएका छन्।

डीएसपी ठकुरीका अनुसार बबई गाउँपालिका –४ हापुरे बजारस्थित डोल्मा होटेलभित्र पूर्ण र अनिलको झगडा भएको थियो। डोल्मा होटल पूर्णले नै सञ्चालन गरेका हुन। बुवाआमा र बहिनी उनीसँगै वस्छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका –६, नयाँगाउँमा बस्दै आएका अनिल दसैं मनाउन २३ असोजमा हापुरे पुगेका थिए। मंगलबार घट्ना हुँदा बुबा होटल वाहिरै थिए। दाजुभाईको होहल्ला सुनेर उनी भित्र पस्दा अनिल अचेत अवस्थामा थिए। ‘अनिलले आफैं पेटमा चक्कु प्रहार गरेको’ भन्दै पूर्णले बुबालाई काल्पनिक घट्ना सुनाए। त्यसपछि अनिललाई अस्पताल लगिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट