एसएसवीका जवानले नेपाली भुमिमा गोली चलाएको प्रकरणमा दुई भारतीय पक्राउ

वीरगन्ज– भारतीय सीमा सुरक्षा बल (एसएबी) ले मंगलबार नेपाली भुमीमा प्रवेश गरी गोली चलाएको प्रकरणमा २ जना पक्राउ परेका छन्।

मंगलबार दिउँसो नेपालतर्फबाट कबाड लिएर जाँदै गरेका २ जना तस्करहरूलाई एसएसबीले रोक्न खोजेपछि झडप भएको थियो। एसएसवीमाथि हातपात गरेर उनीहरु नेपाल प्रवेश गरेका थिए। सोही क्रममा एसएसवीले २ राउण्ड गोली चलाएको थियो।

गोली चलाए पनि मानवीय क्षति भने भएको थिएन। एसएसबीले चलाएको गोलीको खोका नेपाली भूमिमा भेटिएको थियो। भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएको जानकारी अनुसार तस्करले एसएसबीका जवानद्वय नविन कुमार र श्री पालमाथि आक्रमण गरेर भागेका थिए।

हतियारसमेत खोस्ने प्रयास गरेपछि आत्मरक्षाका लागि एसएसबीका जवान नविन कुमारले दुई राउण्ड गोली चलाएका थिए। त्यसपछि कबाड तस्कर नेपालतर्फ भागेका थिए। त्यसपछि एसएसबीमाथि आक्रमण र ढुंगामुढासमेत भएको थियो।

सोही घट्नामा संलग्न मध्येका भारत रक्सौलको अहिरवा टोलका जितु कुमार र खुर्शीद आलम छन्। उक्त घटनामा संलग्न अन्य व्याक्तिहरूको पनि खोजी भइरहेको भारतीय प्रहरीका एसपी स्वर्ण प्रभातले जानकारी दिए।

मंगलबार दिउँसो नेपाल–भारत सीमास्थित मितेरी पुलको दक्षिणपट्टी तिरको क्षेत्रमा गोली चलेपछि नेपाल भारतीय प्रहरी र एसएसबीका अधिकारीहरूबी घटनास्थलमै छलफल र वस्तुस्थितीको बारेमा जानकारी आदानप्रदान भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट