सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा ओखलढुङ्गाका युवकको मृत्यु, आमा घाईते

विराटनगर– कोशी राजमार्ग अन्तर्गत सुनसरीको दुहबी नगरपालिका–३ मा मोटरसाईल दुर्घटना हुँदा १ युवकको मृत्यु भएको छ भने युवककी आमा घाईते भएकी छिन्।

मंगलबार दिउँसो इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको बा.प्र.०२–०१८ प ७१७४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा घाईते भई मोरङको विराट नर्सिङ होममा उपचाररत मोटरसाइकल चालक ओखलढुङ्गाको सिद्धिचरण गाउँपालिका–११ का २८ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार उनकी आमा ५३ वर्षीया कुमारी श्रेष्ठ घाइते भएकी छन्। टाउको र हातखुट्टा चोट लागेर घाईते भएकी उनको सोही अस्पतालमा उपचार भइरहेको छ। तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट