रक्सी सेवन गरी साईकलबाट लडेर मृत्यु भएको भनिएका ब्यक्तिलाई सरकारी गाडीले ठक्कर दिएको खुलासा

इटहरी– सुनसरीमा १० दिनअघि मादक पदार्थ सेवन गरी साईकलबाट लडेर उपचारका क्रममा मृत्यु भएको भनिएका ब्यक्तिको सरकारी गाडीको ठक्करबाट मृत्यु भएको खुलासा भएको छ।

रामधुनी नगरपालिका–६, बक्लौरीका ४५ वर्षीय दीपु चौधरी १८ असोजमा मृत फेला परेका थिए। मापसे गरेका चौधरीको मृत्यु साइकलबाट लडेर भएको आशंका गरिएको थियो। तर, अनुशन्धानका क्रममा चौधरी सवार साईकललाई खानेपानी कार्यालय भोजपुरको को १ झ ६३३ नम्बरको गाडीले ठक्कर दिएर भागेको खुलेको छ।

इलाका प्रहरी कार्यालय पकलीले घट्ना अनुशन्धानका क्रममा वरपरका सीसी क्यामेराका फुटेज संकलन गरी अध्ययन गरेको थियो। त्यस क्रममा गाडीले साइकलयात्रीलाई ठक्कर दिएको खुलेको इन्स्पेक्टर लेखनाथ दाहालले वताए।

सीसीटीभी क्यामराको फुटेजमा देखिए अनुसार सडक पार गर्दै गरेको साइकललाई तीव्र गतिमा रहेको गाडीले ठक्कर दिएको देखिएको छ। गाडीले ठक्कर दिएपछि साइकलयात्री चौधरी सडकमै लडेका थिए। साइकलसँगै लडेका उनी केहीबेरमा आफैं उठे। चालकले गाडी रोकेर अवस्था विचार गरेको र स्थानीयवासी भेला हुन थालेपछि गाडी लिएर फरार भएको फुजेटमा देखिएको छ।

त्यसपछि प्रहरीले गाडी र चालक भोजपुरको षडानन्द नगरपालिका–११ का ४६ वर्षीय सुरेश तामाङलाई पकली झिकाएको छ। यता, घाईते अवस्थामा फेला परेका चौधरीलाई सुरुमा परिवारका सदस्यले घरयासी उपचार गरेका थिए।

स्वास्थ्यमा थप समस्या हुँदै गएपछि उनलाई २६ असोजमा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा २७ असोजमा चौधरीको मृत्यु भएको सुनसरी प्रहरीका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट