६ वर्षीय छोरालाई भिरबाट खोलामा फालेर हत्या गर्ने बाबु पक्राउ

काठमाडौँ– बागलुङमा एक व्यक्तिले आफ्नै ६ वर्षीय छोरालाई भीरबाट खोलामा फालेर हत्या गरेका छन्।

बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेका हुन।

जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर सुनिल शर्मा चिलुवालका अनुसार केशवले मंगलबार साँझ बाग्लुङ–३ को भीरबाट छोरालाई फालेका थियो।

यो घट्ना जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयले खोजी गर्दा घटनास्थलदेखि करिव २ सय मिटर तल काठे खोलामा बालकको शव फेला परेको थियो।

केशव पुनलाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट