विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार गरी दुई ब्यक्ति फरार

विराटनगर– विराटनगरको भूमी प्रशासन चोकमा रहेको मुन होटल तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि मंगलबार राती खुकुरी प्रहार भएको छ।

खुकुरी प्रहारबाट भगतको देब्रे हात, नाकको डाँडी र शरीरको अन्य विभिन्न भागमा चोट लागेको छ। उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका छ। गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

भगत माथि खुकुरी प्रहार गर्ने विराटनगर– ९ का सावन दास र विनोद राय फरार छन्। उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए। खुकुरी प्रहार हुनुको कारण भने खुल्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट