बुबासँग विवाद भएपछि आफ्नै पेटमा चक्कु प्रहार गर्दा युवकको मृत्यु

काठमाडौँ– दाङमा बुबासँग विवाद हुँदा आफनै पेटमा चक्कु प्रहार गरेका एक युवकको मृत्यु भएको छ। बबई गाउँपालिका–४ का २८ वर्षीया अनिल तामाङले आफैंले पेटमा छुरा प्रहार गर्दा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रकाश थापाका अनुसार घाईते तामाङलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा आज बिहान ११ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मदिरा सेवन गरेका उनले बुबासँग विवाद भएपछि पेटमा चक्कु प्रहार गरेको प्रहरीको भनाई छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट