दोस्रो विवाह गरेर आएकी श्रीमतीको ससुराली घरमै घाँटी काटेर हत्या

दमक– झापाको अर्जुनधारामा सोमबार दिउँसो हत्या गरिएकी ३७ वर्षीया मुना भुजेल (चौहान) ले पहिलो पति छोडेर अर्जुनधारा नगरपालिका–३, जुंगेघारीका बीरबहादुर चौहानसँग दोस्रो विवाह गरेको खुलेको छ।

४६ वर्षीय वीरबहादुरले नै धारिलो हतियारले घाँटीमा प्रहार श्रीमती मुनाको हत्या गरेका हुन्। मुनाको घटनास्थलमै मृत्यु भएको थियो। हतियार प्रहार गरी वीरबहादुर फरार भएका थिए। उनलाई प्रहरीले जुकेखाडी सामुदायिक वनको देवीथान होल भन्ने ठाउँबाट पक्राउ गरेको छ।

अर्जुनधारा नगरपालिका–३, दार्जिलिङ डाँडाका भरत कुमालको घरमा घटना भएको हो। भरत कुमाल मुनाका माईती हुन।

घट्ना हुँदा श्रीमान् श्रीमती दुवै जनाले मादक पदार्थ सेवन गरेको खुलेको छ। घरायसी झैझगडाका कारण वीरबहादुरले मुनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए।

मुना र वीरबहादुरका १ छोरा र १ छोरी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट