वहिनीकै घरको सेफ्टी ट्यांकीमा भेटियो २ दिनअघि हत्या गरिएका चन्द्रबहादुरको टाउको

काठमाडौँ– बाँकेको कोहलपुरमा मृत फेला परेका चन्द्रबहादुर कामीको टाउको दुई दिनपछि बहिनी नाता पर्ने सुनिता परियारको शौचालयको सेफ्टी ट्यांकीमा भेटिएको छ।

धड भेटिएको करिव ५ सय मिटर पूर्वउत्तरमा रहेको सुनिताको घरको सेफ्टी ट्याङ्किमा टाउको भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

विजया दशमीको राति कामीको हत्या भएको थियो। कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा शनिबार राति कामीको टाउको नभएको शव फेला परेको थियो।

राति करिब साढे १२ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सीसीटीभी फुटेजका आधारमा टाउको फेला परेको प्रहरीले जानकारी दिएको छ। चन्द्रवहादुर ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका थिए। उनको हत्यामा संलग्न भएका ब्यक्ति पनि ज्याला मजदुरी गर्ने नै भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विजया दशमीको राती उनीहरूले सँगै बसेर मदिरा सेवन गरेका थिए। मातेपछि दुई जनाबीच विवाद भएको र चन्द्रबहादुर माथि धारिलो हतियार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चन्द्रबहादुरको हत्यापछि उनको टाउको हत्याराले नै प्लाष्टिकको झोलामा हालेर लगेको सिसिटिभी फुटेजमा देखिएको प्रहरी अधिकारीहरू बताउँछन्। त्यो टाउको सुनिताको सेफ्टी ट्यांकीमा कसरी पुग्यो भन्ने विषयमा अनुशन्धान भईरहेको बाँकेका डीएसपी आयुष्मान जोशीले बताए।

घट्ना अनुशन्धानका क्रममा प्रहरीले केही ब्यक्तिलाई पक्राउ गरेर सोधपुछ पनि गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट