बाढी र पहिरोमा हजारौंलाई कालको मुखबाट थुतेका इन्स्पेक्टरले आफैंलाई बचाउन सकेनन

काठमाडौँ– वाढी तथा पहिरोमा परेका हजारौं नागरिकको उद्धार, पुनर्स्थापना र राहत वितरणको नेतृत्व गरेका एक जना सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु भएको छ।

बर्दिया घर भई सशस्त्र प्रहरीले गत २ असारदेखि काभ्रेको पनौती नगरपालिका –५ आइटी पार्कमा स्थापनाा गरेको मनसुनजन्य विपद् व्यवस्थापन केन्द्रमा कार्यरत सशस्त्र प्रहरी इन्स्पेक्टर दिलबहादुर बडुवालको आज विहान नेपाल एपीएफ अस्पताल बलम्बुमा मृत्यु भएको हो।

३ साउनदेखि उक्त केन्द्रको कमाण्डर भएर विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका बडुवाल हालसम्म त्यही कार्यरत थिए। पछिल्लो समय ११ असोजदेखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनकै कमान्डमा सशस्त्र प्रहरी खटिएको थियो।

सोही समयमा ज्वरो आएपछि २६ असोजमा अस्पताल भर्ना भएका बडुवालको उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ। बडुवाल ०६० सालदेखि असईबाट सशस्त्र प्रहरीमा भर्ना भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट