रौतहटमा सर्वसाधारणसँग रकम असुल गर्ने स्वघोषित घुमुवा प्रहरी ड्रग्स र गाँजासहित पक्राउ

जनकपुर– रौतहटमा ठगी गर्नका लागि घुमुवा प्रहरी बनेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

परोहा नगरपालिका–२ का ३५ वर्षीय सुनिलकुमार बैठालाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आइतबार राति करिव साढे ९ बजे पक्राउ गरेको हो। उनले ‘म घुमुवा प्रहरी हुँ’ भन्दै सर्वसाधरणसँग रकम असुल गर्न खोजेको आरोप छ।

ठगी गर्नका लागि विभिन्न व्यक्तिहरूको जिउ तलासी गर्ने, हप्काउने, तर्साउनले लगायतका गतिविधि गरेको सूचनापछि खटिएको प्रहरीले परोहा–२ लालबकैया पुलबाट बैठालाई पक्राउ गरेको हो।

उनले बोकेको झोलाबाट १७ हजार ९३५ रुपैयाँ, लागु औषध नाइट्राभेट १० पिस, २२ पुरिया गाँजा (२०० ग्राम) र एउटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट