तपाईँको आजको भाग्य – राशिफल

२८ आश्विन २०८१, सोमवार।

मेष– मित्रहरुको विशेष सहयोग पाईने छ। न्यायिक निर्णयहरू आफनो पक्षमा हुनेछन्। शेयर बजारमा नोक्सानी हुने योग छ।

वृष– अरुको मन जित्न सकिनेछ। संघर्ष गरे पढाइ लेखाईमा पनि समय राम्रो छ। मनमा हर्ष, उमङ्ग, उत्साह र खुसीको समय छ।

मिथुन– उपहार पाइन सकिने छ। सामाजिक सञ्जाल र अन्य प्रविधि मार्फत प्रियजनसँग भेटघाट हुनेछ। अधुरा र अपुरा काम पुनः सुरु हुनसक्ने समय छ।

कर्कट– स्वास्थ्यमा समस्या आउन सक्छ। धन आर्जन भन्दा पनि खर्च वढि हुने समय छ। साँझपख शुभ समाचार सुन्न पाइनेछ।

सिंह– प्रेम जीवन सुखमय रहने छ। यात्रा गर्नु पर्ला। वित्तिय संस्थाबाट सहयोग पाइनेछ।

कन्या– श्रमको उचित मूल्याङ्कन हुनेछ। शेयर बजार आफनो पक्षमा नरहन सक्छ। आज व्यवसायमा सफलता मिल्नेछ।

तुला– प्रेम सम्वन्ध राम्रो रहन्छ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।

वृश्चिक– कृषि व्यवसाय सफल रहन्छ। सामान हराउने/चोरी हुने योग छ। नयाँ ठाउँमा लगानी नगर्नु होला।

धनु– दाम्पत्य जीवन सुखमय हुनेछ। शुभकार्यको चर्चा हुनेछ। स्वादिष्ट भोजन र परिकार प्राप्त हुने योग छ।

मकर– शुभकार्यको चर्चा चल्नेछ। नयाँ कामको सुरुवात हुने र आफन्तले राम्रै सहयोग गर्ने समय छ। साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ।

कुम्भ– मन प्रसन्न हुनेछ। अरूलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ। नयाँ कामको योजना बन्नेछ।

मीन– सरकारी निकायको भय रहनेछ। स्वास्थ्य प्रतिकुल रहनेछ। सानातिना समस्याले बाधा पुर्याउने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट