चितवनमा ७१ वर्षीया महिलाको हत्या आरोपमा नन्देज्वाईँ पक्राउ

चितवन— चितवनमा ७१ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले उनकै नन्दै ज्वाईँलाई पक्राउ गरेको छ।

माडी नगरपालिका–७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको आरोपमा ६२ वर्षीय टीकाराम रानाभाट पक्राउ परेका हुन। चितवन प्रहरीका अनुसार टीकाराम विष्णुमायाँका नन्दका श्रीमान हुन।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार विष्णुमाया १९ असोजदेखि घरबाटै सम्पर्कविहिन भएकी थिईन। खोजतलासका क्रममा २१ असोजमा घर नजिकैको परूई सामुदायिक वनको भीरमा उनको शव फेला परेको थियो।

अनुसन्धानपछि प्रहरीले टीकारामलाई २३ असोजमा पक्राउ गरेको थियो। उनको घरबाट एउटा खुर्पा, सुनका रिङ (ठुलो) दुईवटा र सानो रिङ पाँचवटा बरामद गरेको थियो। यसैगरी, घटनाका क्रममा टीकारामले लगाएको कपडा पनि बरामद भएको डिएसपी रिजालले बताए।

सोधपुछ र अनुशन्धानमा टीकारामले नै विष्णुमायाको हत्या गरेर शव भीरमा फालेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट