भिरबाट खसेको ढुंगा बसमा बजारिँदा १२ वर्षीया बालिकाको मृत्यु
हेटौंडा —त्रिभुवन राजपथको हेटौडा–भैंसे सडकखण्डमा भीरमाथिबाट खसेको ढुङ्गा बसमाथि बजारिदा एक बालिकाको मृत्यु भएको छ।
भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नं. को यात्रु बोकेको लोकल बसमा भुलभुले भन्ने स्थानमा माथिबाट खसेको ढुंगा लागेको थियो। जसमा बसमा रहेकी मकवानपुरगढी गाउँपालिका –८ की १२ वर्षिया रिकु थिङको मृत्यु भएको छ।
अचानक भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिका घाइते भएकी थिइन्। उनलाई तत्कालै हेटौंडा अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचार गर्न चितवन लगिएको थियो।
उपचारकै क्रममा थिङको उनको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय हेटौंडाले जनाएको छ।
प्रतिक्रिया