हातमा महिलाको नामको ट्याटु खोपेका युवकले झोलुङ्गे पुलबाट हाम फालेर ज्यान गुमाए

काठमाडौँ– रुकुमपूर्वमा दशैंको टीकाकै दिन झोलुंगे पुलबाट हाम फालेका एक युवकको मृत्यु भएको छ।

शनिवार अपरान्ह करिब ४ बजे रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१, मठ र सल्ले जोड्ने पुलबाट हाम फालेका मुसिकोट–१ सल्लेका ३७ वर्षीय बुदिराम बोहराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषि पाठकका अनुसार पुलबाट हामफालेका युवाको घटनास्थलमै मृत्यु भएको छ। युवकले हातमा कोमल नामको ट्याटु खोपिएको छ।

शव नजिकै रातो ज्याकेटमा बुदिराम बोहरा नाम भएको नागरिकतासमेत फेला परेको इन्स्पेक्टर पाठकले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट