१९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा चौकी इन्चार्ज पक्राउ, शुक्रबारदेखि नै सम्पर्कविहिन छिन् अञ्जली

काठमाडौँ– सम्भावित प्रेम सम्वन्धमा रहेकी १९ वर्षीया किशोरीलाई वेपत्ता पारेको आरोपमा बैतडीको एउटा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन्।

पञ्चेश्वर गाउँपालिका–२, डिम्बरकी १९ वर्षीया किशोरी अन्जली मंगोला (नाम परिवर्तन) लाई वेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी मकेन्द्र मिश्रका अनुसार प्रहरी हवल्दार कञ्चनपुरको वेदकोट नगरपालिका–५ का जोशीलाई शुक्रबार स्थानीयले महाकाली पारी भारततर्फबाट पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका हुन।

अन्जली वेपत्ता हुनमा जोशीको हात रहेको आरोप स्थानीयले लगाएका छन्। उनी शुक्रबार बिहान ४ बजे पानी लिन जाने भन्दै जर्किन (प्लास्टिकको ग्यालन) बोकेर हिडेकी थिईन। तर, घर नफकिएपछि परिवारले खोजी सुरु गरेका थिए।

स्थानीयका अनुसार कृष्णराज र अन्जलीका बीचमा विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेको थियो। उनले पानी ल्याउनका लागि बोकेको जर्किन पनि प्रहरी चौकी नजिकै फेला परेको छ। किशोरी वेपत्ता भएको घट्नापछि चौकीको टिम परिवर्तन गरी नयाँ टिम पठाईएको डीएसपी मिश्रले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट