पोखरीमा डुबेर बालिकाको मृत्यु, खोलाएर वगाएर मगरको ज्यान गयो
विराटनगर– मोरङमा पोखरीमा डुवेर विहिबार १२ वर्षीया बालिकाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका–२ निवासी अनन्त शर्माकी छोरी १२ वर्षीया सन्ध्या शर्माको मृत्यु भएको हो।
छिमेकी विमल राजवंशीको पोखरीमा डुबेर घाइते अवस्थामा फेला परेकी बालिकालाई उद्धार गरेर अस्पताल लाने क्रममा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ।
यसैगरी विहिबार नै रतुवामाई नगरपालिका–१० का ३८ वर्षीय बखतबहादुर मगरको खोलाले बगाएर मृत्यु भएको छ। कट्नु खोलामा डुबिरहेको अवस्थामा उनको शव फेला परेको हो।
प्रहरीका अनुसार उनी बुधबार बेलुकादेखि बेपत्ता थिए। इलाका प्रहरी कार्यालय सिजुवका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले मगरको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ।
प्रतिक्रिया