लोहन्द्रा खोलाले बगाएर ८६ वर्षीय वृद्धको मृत्यु

विराटनगर– मोरङको केराबारी गाउँपालिका–९ का ८६ वर्षीय गोविन्दप्रसाद बजगाईंको लोहन्द्रा खोलाले बगाएर मृत्यु भएको छ।

उनको बिहीबार शव फेला परेको मोरङ प्रहरीले जनाएको छ। घरदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको खोलाले बगाएर मृत्यु भएको अवस्थामा वृद्धको शव फेला परेको स्थानीयले बताएका छन्। उनीहरुकै जानकारीका आधारमा प्रहरी घट्नास्थल पुगेको थियो।

खोला तर्ने क्रममा वृद्धलाई खोलाले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट