२ वर्षअघि डिभोर्स गरेकी श्रीमतीको घाँटी काटेर हत्या, टाउको बोकेर गाउँ घुम्दै गर्दा पूर्वपति पक्राउ

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेमा एक युवतीको विभत्स हत्या भयो। २८ वर्षीया प्रमिला लामाको उनकै पूर्वपति ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङले टाउको गिँडेर हत्या गरे।

स्थानीय सम्शेर तामाङको घरमा भाडामा वस्ने र वडा कार्यालय नजिकै चिया पसल गरेर नाबालक २ छोराको पालन पोषण गर्दै आएकी प्रमिलाको हत्या र त्यसपछिको दृष्य सुन्दै मुटु हल्लाउने खालको छ। त्यसमाथि यो घट्नालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले लाईभ गरेर सन्सारलाई देखाए।

जंगवहादुरले मंगलबार साँझ करिव सवा ६ बजे प्रमिलाको घाँटी काटेर टाउको बोकेर हिडेका थिए। कपालमा समातेर प्रमिलाको टाउको तुर्लङ्ग झुण्डाएर हिडेका जंगबहादुरको पछाडि सर्वसाधारणको लर्को लाग्यो। अधिकांशको ध्यान दृष्यलाई भीडीओ गर्ने र लाईभ गर्नेमा थियो। जंगबहादुर भने अगाडि लागेर निर्धक्कसँग पूर्वपत्निको टाउको झुन्ड्याएर हिडिरहेका थिए। यत्तिकैमा कसैले घट्नाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय जलजलेको टोलीले आएर उनलाई पक्राउ गर्यो।

जानकारी अनुसार जंगबहादुरको घर उदयपुरकै ताप्ली गाउँपालिका ४ थानागाउँ हो। उनले करिव १० वर्षअघि प्रमिलासँग विवाह गरेका थिए। तर, सुरुवाती चरणदेखि नै उनीहरुको सम्वन्ध सहज रुपमा अगाडि वढ्न सकेन। जंगवहादुरले प्रमिलालाई कुटपिट गर्ने र हेला गर्न थाले। निरन्तरको यातना सहन नसकेर प्रमिलाले घर छोडिन। सदरमुकाम गाईघाट आसपासमा वसेर दुःख गर्न थालिन। यसैबीचमा उनीहरुका २ छोराको जन्म भयो। जेठा छोरा ८ वर्ष र कान्छा छोरा अहिले ४ वर्षका छन्।

दिन वितिरहेका थिए। तर, प्रमिलालाई गर्ने जंगबहादुरको ब्यवहारमा भने कुनै परिवर्तन आएको थिएन। यत्तिकैमा उनले प्रमिलासँग डिभोर्स मागे। सधैंको रडाको सहनुभन्दा प्रमिलाले पनि पतिको कुरामा सहमति जनाईन। थानागाउँका स्थानीयवासी वेदबहादुर सुवेदीका अनुसार करिव २ वर्षअघि उनीहरुले कानुनी रुपमा सम्वन्ध विच्छेद गरेका थिए।

त्यसपछि प्रमिला चिया पसल गरेर छोरा पढाउन थालिन भने जंगबहादुर रोजगारीका लागि भारततिर लागे। जंगबहादुर आउने जाने गरिरहन्थे। नेपाल आउँदा उनी प्राय प्रमिलासँगै रहन्थे। यस पटक पनि उनी १३ असोजदेखि प्रमिलासँगै वसेको खुलेको सुवेदी बताउँछन्।

जलजलेस्थित घर मालिक र स्थानीयका अनुसार उनीहरुको बीचमा झगडा भएको थाहा थिएन। ‘छोराहरु स्कुल पुर्याउन र लिन पनि सँगै जान्थे। हामीले त छोराछोरीका कारण मिलापत्र गरेछन भनेर सोच्थ्यौं’ घर मालिक्नी महिला भन्छिन्–‘तर, किन हुन्थ्यो। उसले त मार्ने योजना नै बनाएर आएको रहेछ।’

धर्मकर्म र किर्तनका नाममा गाउँमा बज्ने माईकको आवाजले घट्ना भएको पनि कसैले थाहा नपाएको उनले जानकारी दिईन। ‘छिमेकमा वर्थडे पार्टी थियो, प्रमिला त्यही गएकी थिईन। के काम परेर घर आएको मौका पारेर टाउको गिडाई हालेछ’ घर मालिक्नी भन्छिन्–‘वर्थडे पार्टी र किर्तनको आवाजले अय्या भनेको आवाज पनि कसैले सुन्न पाएनन्।’

मान्छे गिँडेर टाउको झुन्ड्याउँदै गाउँमा पुगिसकेपछि मात्रै सवैले घट्नाका वारेमा जानकारी पाएको उनको भनाई छ। ‘पहिला पनि श्रीमती र छोरालाई देख्नै नसक्ने। कुटपिट गर्ने। कसैले मायाँ गरेर खाने कुरा वा लगाउने लुगा दिएपनि फाल्दिने, कपडा जलाई दिने गर्थ्यो अरे। अहिले यस्तो घट्ना गरायो।’– उनले भनिन्।

जंगबहादुरले प्रमिलाको हत्या गर्नुको कारण भने अझै खुलिसकेको छैन। प्रहरीले उनलाई हिरासतमा राखेर घट्नाको अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले जानकारी दिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट