अमेरिकामा मिल्टन तुफानको आतंकः राष्ट्रपति भन्छन– जिवन र मृत्युको सवाल छ

काठमाडौंँ– अमेरिकामा हालसम्मकै शक्तिशाली मिल्टन नामको तुफानको आतंक छ। राष्ट्रपति जो वाईडेलले तुफानका विषयमा प्रतिक्रिया दिँदै जिवन मरणको सवाल भएको वताएका छन्।

अमेरिकी मौसम विज्ञान विज्ञका अनुसार यो पाँचौं श्रेणीको शक्तिशाली तुफान हो ।स्थानीयले यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन्।

‘मिल्टन’ यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ। यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ। बुधबार आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ हजार ५ सय हवाई उडानहरु रद्द गरिएका छन।

राष्ट्रपति जो बाइडेनले जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन्। बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो। यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ। ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ।’

मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिम क्षेत्रमा छ। र, १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढेको छ। बुधबार बेलुका यो तुफान टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ। यसको बाटो पर्ने क्षेत्रमा विनाश गर्ने अनुमान छ।

यसको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने छ। १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ। त्यहाँको तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रका बासिन्दाले झ्याल बाहिरबाट काठका फल्याक ठोकेर बन्द गरेका छन्।

यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने र १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ। बाढी आउने चेतावनी जारी गरिएको छ। सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट