तपाईँको आजको भाग्य – राशिफल

२३ असोज २०८१, बुधवार। असोज शुक्ल षष्ठी

मेष– वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। रमणीय र सुखद् यात्रा हुन सक्छ। बुद्धि र विवेकको सही प्रयोगले राम्रै सफलता प्राप्त गर्न सकिने योग छ।

वृष– प्रेममा सफलता मिल्ने छ। काममा बाधा उत्पन्न हुन सक्छ। राज्यका संयन्त्रबाट अवरोध हुन सक्छ। अधिकार रक्षाका लागि निकै संघर्ष गर्नु पर्ने समय छ।

मिथुन– परिवारजन र आफन्तसँग भेटघाट हुनेछ। आँटेको काम पुरा होला। दैनिक कार्यमा प्रगति हुनेछ।

कर्कट– बोलीको प्रभाव वढ्ने छ। राजनैतिकमा प्रगतिको योग छ। दाजुभाईको सहयोगले कीर्तिमानी काम गर्ने समय छ।

सिंह– शुभ चिन्तकहरूको पूर्ण समर्थन पाईने छ। कतिपय काममा नोक्सानी हुन सक्छ। तर, अधुरा काम सफल हुने योग छ।

कन्या– दिनको उत्तरार्धमा खुसी मिल्ने समय छ। कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरे सफलता मिल्ने छ। वैदेशिक क्षेत्र सन्तोषजनक छैन।

तुला– आर्थिक उपार्जनमा नयाँ अवसरहरु प्राप्त हुनेछन्। दिनको उत्तरार्धमा अनावश्यक खर्च बड्न सक्छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ समय छ।

वृश्चिक– घरमा पाहुना आउन सक्छन्। शेयर बजारमा उन्नती छ। नयाँ कामको थालनी गर्ने योग छ। कामको चर्चा पनि चल्नेछ।

धनु– असम्भव जस्तो लाग्न थालेको काम सहज रुपमा सम्पन्न हुनेछन्। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पाईने छ। मित्रको सहयोग पाईनेछ।

मकर– आज नयाँ कामको योजना बन्ने तथा जागिरमा वढुवासहित सरुवाको सम्भावना छ। अध्ययनका लागि समय राम्रै छ।

कुम्भ–मिष्ठान्न भोजन मिल्नेछ। विपरीत लिङ्गप्रति आकर्षण बढ्ने देखिन्छ। नयाँ कामको अवसर पनि प्राप्त हुन सक्छ।

मीन– आत्मवल कमजोर हुनेछ। शत्रुले प्रभाव जमाउन सक्छन्। यात्राको योग छ तर अनावश्यक खर्चिलो हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट