उदयपुरमा श्रीमतीको घाँटी काटी टाउको हातमा झुन्ड्याएर सडकमा हिडिरहेका युवक पक्राउ

गाईघाट– उदयपुरमा मंगलबार साँझ श्रीमतीको टाउको काटेर हातमा बोकी हिडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

ताप्ली गाउँपालिका –४, थानागाउँ घर भई त्रियुगा नगरपालिका–६, जलजलेस्थित वडा कार्यालय नजिकै बस्दै आएका ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

स्थानीय सम्शेर तामाङको घरमा कोठा भाडा लिएर चिया पसल गर्दै आएका तामाङले मंगलबार साँझ सवा ६ बजे श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको प्रहरीले जनाएको छ।

खुकुरीले हानेर प्रमिलाको घाँटी छिनाएपछि कपालमा समातेर टाउको बोकी उनी सडकमा निस्किएका थिए। हातमा श्रीमतीको टाउको बोकेर हिडिरहेकै अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय जलजलेले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घट्नाको कारण खुली सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट