पुन्य गौतममाथि सांघातिक आक्रमण, आईसियुमा राखेर उपचार हुँदै

काठमाडौँ– सामाजिक सञ्जालमा चर्चामा आईरहने पुण्य गौतममाथि निर्घात कुटपिट भएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँमा सोमबार बेलुका उनीमाथि कुटपिट भएको हो।

गौतममाथि आफ्नै घर अगाडिको बाटोमा कुटपिट भएको हो। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

टाउकोमा चोट लागेका उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना गरिएको छ। प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिररहेको छ।

कुटपिटमा संलग्न व्यक्तिहरू फेला परेका छैनन्। गौतममाथि आक्रमणको कारणसमेत खुलेको छैन। गौतमकी श्रीमती अपेक्षा अधिकारीले पुन्यलाई आइसियूमा राखेर उपचार गराइएको जानकारी दिएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट