होटलमा महिला राखेर यौन व्यवसाय चलाएको आरोपमा सञ्चालकसहित ७ जना पक्राउ

इटहरी– सुनसरीको धरानबाट प्रहरीले यौन व्यवसायमा संलग्न होटल सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको छ।

धरान–१२ चतरा लाइनको श्रेष्ठ होटेलका सञ्चालक जगत श्रेष्ठ सहितलाई प्रहरीले शनिवार पक्राउ गरेको हो। पक्राउ पर्ने होटल सञ्चालक बाहेक ४ महिला र २ पुरुष छन्।

श्रेष्ठले होटलमा महिला राखेर कमिशनका लागि यौन व्यवसाय चलाएको सूचनापछि इलाका प्रहरी कार्यालय धरानले होटेलमा छापा मारेको थियो। त्यस क्रममा उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट