श्रीमानले ननुहाएको भन्दै विवाहको महिना दिनपछि नै महिलाले मागिन सम्बन्धविच्छेद

काठमाडौँ– भारतको उत्तर प्रदेशस्थित आगराकी एक महिलाले बिवाहको १ महिनापछि नै श्रीमानसँग सम्बन्ध विच्छेद गराइ दिन माग गरेकी छिन्। श्रीमानले ननुहाने र गन्हाएर नजिक वस्नै नसक्ने भएकाले उनले सम्वन्ध विच्छेद माग गरेकी हुन।

श्रीमानले महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै ती महिला स्थानीय परिवार परामर्श केन्द्रमा पुगेकी छिन्। श्रीमानले विरलै मात्रै नुहाउने अनि मैलो भइसक्दा पनि लुगा नफेर्ने महिलाको गुनासो थियो। ‘जिउ गन्हाएर नजिक समेत उभिन गाह्रो हुन्छ’ उनले भनेकी छिन्। आफूले बिहे गरेर गएको ४० दिनमा श्रीमानले जम्मा ४ दिन नुहाएको महिलाको भनाई थियो।

यही कारणले महिलाले ४० दिनअघि मात्रै बिहे भएको श्रीमानसँग उनले सम्बन्ध विच्छेद मागिन्। महिलाका श्रीमानले भने आफूले महिनामा एक÷दुई पटक नुहाउने र हप्तामा एक पटक गंगाजल छर्केर शरीरको शुद्धीकरण गर्ने गरेको बताएका छन्।

उनले श्रीमतीले कर गरेपछि सरदर नुहाउने भन्दा केही बढी नै नुहाएका थिए। बेहुलीले ननुहाएकै विषयमा सम्बन्ध विच्छेद मागेपछि आफ्नो बानी सुधारेर दिनमा एक पटक नुहाउन समेत पुरुष तयार थिए। तर महिला उनीसँग बस्न तयार भईनन्।

जानकारी अनुसार बिहेको केही हप्तापछि नै दुईबिच सरसफाइलाई लिएर झगडा सुरु हुन थालेको थियो। केही सिप नलागेपछि महिला पतिको घर छाडेर माइत गइन् र दाइजोको नाममा प्रताडित गरेको भन्दै सम्बन्ध विच्छेदको माग गरिन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट