अवैध बाटोबाट अमेरिका छिर्न खोज्ने ११ नेपालीसहितको ट्रकमा गोली चल्दा ६ जनाको मृत्यु, ३ नेपाली घाईते

काठमाडौँ — अवैध बाटो (डकं रुट) हुँदै अमेरिका प्रवेश गर्न खोज्ने ११ नेपालीसहित ३३ आप्रबासी चढेको ट्रकमा शुक्रबार शाँझ मेक्सिकोको सीमा बल (सेना)ले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्।

बासिङ्टनस्थित नेपाली दूतावासले जनाए अनुसार घाईते हुने ३ जना नेपाली हुन। ट्रकमा रहेका ११ जना नै नेपाली अहिले मेक्सिको अध्यागमनको हिरासतमा छन्। मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्र नजिक मेक्सिकन सेनाले ट्रकमा गोली हानेको थियो। घट्नास्थल ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा पर्छ।

ट्रकमा नेपालसहित भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिक सवार थिए। सैनिकहरू सीमा गस्तीमा रहेका बेला आप्रवासी चढेको गाडीबाट विस्फोटको आवाज सुनेपछि सेनाले गोली चलाएको जनाइएको छ।

समाचार संस्था रोयटर्सले भने मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापास राज्यको हुइस्टलामा सैनिकले आप्रवासी सवार ट्रकलाई चेकपोष्टमा रोक्न खोजेको तर नरोकिएपछि गोली चलाएको जनाएको छ। गोली चलाउने सैनिक निलम्बनमा परेका छन्।

अवैध बाटो (डकं रुट) हुँदै अमेरिका प्रवेश गर्नेहरूले मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापाको रुट प्रयोग गर्ने गरेका छन्। मानव तस्कहरूले नेपाललगायत मुलुकका युवाबाट ठूलो रकम लिएर जोखिमपूर्ण यात्रा गराउँदै अमेरिका छिराउने गरेका छन्।

पछिल्लो समय अमेरिकाले सीमामा हुने त्यस किसिमका गतिविधि रोक्न मेक्सिको सरकारलाई चेतावनी दिएपछि त्यसरी प्रवेश गर्नेहरूमाथि कडा कारबाही गर्न थालिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट