खोलाले बगाउँदा ११ र १२ वर्षका बालबालिका बेपत्ता

विराटनगर- ताप्लेजुङमा खोलाले बगाएर २ बालबालिकाको बेपत्ता भएका छन्। मैवाखोला गाउँपालिका–२ खानीका बालबालिकालाई मौवा खोलाले बगाएको हो।

स्थानीय मौवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा शुक्रबार संजहाङ बराइलीका छोरा करिव ११ वर्षीय सन्देश बराइली र सोही ठाउँका रिन्जिन शेर्पाकी छोरी करिव १२ वर्षीया आइतारानी शेर्पा बेपत्ता भएका हुन।

पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले उनीहरु वेपत्ता भएको जानकारी दिएका थिए। दुई जनालाई खोलाले बगाएको सूचनापछि परिवारले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

बेपत्ता बालबालिकाको खोजी कार्य चलिरहे पनि हालसम्म फेला नपरेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट