सुन्दरहरैँचामा मोटरसाईकलको ठक्करबाट घाईते भएकी महिलाको उपचारका क्रममा मृत्यु

इटहरी- मोरङको सुन्दरहरैँचामा मोटरसाईकलको ठक्करबाट घाईते भएकी एक महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ।

सुन्दरहरैंचा नगरपालिका–५ गोठगाउँमा भएको दुर्घटनामा परेर घाइते भएकी स्थानीय ३२ वर्षीया मुना गौतमको मृत्यु भएको हो। १३ असोजको साँझ बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ५५९२ नम्बरको मोटरसाइकलले उनले चलाइरहेको प्रदेश १–०२–०४८ प ६८५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएकी गौतमलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार बनेका मोटरसाइकल चालक संखुवासभाको मादी नगरपालिका–२ का ३० वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको प्रहरी चौकी गछियाले जनाएको छ।

खड्काविरुद्ध सवारी ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट