विवाह गर्ने आश्वासन दिएर प्रेमीका बोलाई प्रेमीले नै गराए सामुहिक बलात्कार

काठमाडौँ– दाङमा स्थानीय युवकको विवाह गर्ने आश्वासनमा रहेकी १९ वर्षीय युवती सामुहिक बलात्कारमा परेकी छन्।

गढवा गाउपालिका ५ मंघरका १९ वर्षीय किरण चौधरीले ती युवतीलाई विवाह गर्ने आश्वासन दिएका थिए। उनीहरुबीच प्रेम सम्वन्ध रहेको देखिएको छ। यसैक्रममा किरणले बिहीबार युवतीलाई फान गरेर बोलाई बलात्कार गरेको र त्यसमा साथीहरुलाई पनि सहभागि गराएको खुलेको छ।

किरणले बोलाएपछि गएकी युवतीलाई होमपाइप बनाउने कम्पनीको खालि घरमा लगेर ४ जनाले पालैपाले बलात्कार गरेको दाङका डीएसपी ईश्वर थापाले जानकारी दिए। सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारैजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गढवा गाउपालिका– ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरीसमेत छन्। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट