साता दिनको फरकमा किशोरीमाथि २ पटक बलात्कार, १६ वर्षीय किशोर र ७१ वर्षीय वृद्ध पक्राउ

काठमाडौँ– कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना १६ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको छ।

जानकी गाउँपालिका–२ बस्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर र ७१ वर्षीय गजबहादुर दर्लामी मगर पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टका अनुसार बलात्कारको आरोपमा उजुरी परेपनि उनीहरु पक्राउ परेका हुन।

१६ वर्षीय किशोरले गत भदौको तेस्रो हप्ता आफ्नै घरमा बोलाएर र ७१ वर्षीय दर्लामीमगरले भदौ चौथो हप्ता छिमेकीको घरमा बोलाएर ती किशोरीलाई बलात्कार गरेको खुलेको एसपी विष्टले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट