ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएपछि विराटनगर भन्सार कार्यालयमा ढुङ्गामुढा

विराटनगर– विहिबार बेलुका ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा भएको छ।

बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्री स्थानीय ६० वर्षीय श्याम साहको मृत्यु भएको थियो। विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकललाई ठक्कर दिँदा साहको मृत्यु भएको थियो।

ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन्। ट्रक चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न मानिरहेका छैनन्। सोही दुर्घटनाको विरोधमा भन्सार कार्यालयमा ढुंगामुढा भएको हो।

आक्रोसित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए। ढुंगामुढाबाट भन्सारको गेट र भवनमा क्षति पुगेको छ। थप तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट