तपाईँको आजको भाग्य – राशिफल

१८ असोज २०८१, शुक्रवार। असोज शुक्ल द्वितीया

मेष – मान्यजनबाट सम्मानित हुने योग छ। पठनपाठनमा रुचि बड्नेछ। यात्रामा सावधानी हुनुपर्नेछ।

वृष – दिन शुभ रहनेछ। पारिवारिक सुख मिल्नेछ। सवारी साधनमा हिड्दा विचार पुर्याउनु पर्नेछ।

मिथुन – अकस्मात् धनको प्राप्ति हुनेछ। अधुरो कार्यहरु पनि पूर्ण हुनेछन्। शत्रुको भय रहनेछ।

कर्कट – अनावश्यक खर्च हुनेछ। मानसिक चिन्ता बढ्नेछ। धार्मिक अनुष्ठानमा मन जानेछ।

सिंह – मिष्ठान्न भोजनको योग रहेको छ। मन प्रफुल्लित हुनेछ। साथीभाइबाट धोका होला।

कन्या – खर्च बढेर जानेछ। मन अस्थिर रहनेछ। गीतसंगीतमा रुचि बढ्नेछ।

तुला – शरीरमा रोगले सताउंनेछ। खानपानमा रुचि घट्नेछ। सरसल्लाहले मात्र नयाँ कार्य गर्नुहोला।

वृश्चिक – शत्रु नाश भएर जानेछन्। शैक्षिक उन्नयन हुनेछ। खानपानमा ध्यान दिनुहोला।

धनु – सामाजिक कार्यमा संलग्न भइनेछ। शरीर आलस्य हुनेछ। अकस्मात् नयाँ स्थानको भ्रमण हुनेछ।

मकर – आर्थिक क्षेत्र सबल हुनेछ। गरेका कार्यबाट सफलता मिल्नेछ। शरीरमा चोटपटकको भय रहनेछ।

कुम्भ – मान्यजनसँग भेटघाट हुनेछ। धन प्राप्तिको योग छ। मन चञ्चल रहनेछ।

मीन – शरीरमा पीडा हुनेछ।रोगले सताऊनेछ भने नोकरीमा सम्मानित भईनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट