खोलाले बगाएर मोरङमा १८ वर्षीय युवक वेपत्ता

विराटनगर– मोरङमा कटहरी गाउँपालिका भएर बग्ने लोहन्द्रा खोलाले बगाएर १ युवक बेपत्ता भएका छन्। कटहरी गाउँपालिका–५ का १८ वर्षीय आशिष राजवंशी खोलामा बेपत्ता भएका हुन।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार राजवंशीलाई धनपालथान गाउँपालिका–७ बाट आज दिउँसो करिव पौने ४ बजे लोहन्द्रा खोलाले बगाएको थियो। पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयबासीको टोलीले उनको खोजी गरिरहेको छ। तर, हालसम्म फेला पार्न नसकिएको डीएसपी जोशीले वताए। साँझसम्म फेला नपरेपछि टोली फर्किएको र शुक्रबार बिहानैबाट पुनः खोजी सुरु गरिने उनले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट