नेपाल हुँँदै पसेको वाढीका कारण विहारमा तवाही, १६ जिल्लाका २६९ गाउँ डुवानमा

काठमाडौँ– १० देखि १२ असोजमा नेपालमा भएको अविरल वर्षाको असर भारतमा परेको छ। सप्तकोशीलगायत नेपाल भएर वग्ने नदीको वाढीले विहारको विभिन्न ७ ठाउँमा बाँध भत्काउँदा १६ वटा जिल्लाका २६९ वटा ग्राम पञ्चायत प्रभावित छन्।

वाढीले कतिपय गाउँनै बगाएको भारतीय सञ्चारमाद्यमहरुले उल्लेख गरेका छन्। बिहारका जल तथा बाढी विज्ञ दिनेश मिश्र अनुसार सप्तकोशीमा सन् १९५६ पछि यस्तो बाढी पहिलो पटक यस्तो बाढी आएको हो। सन् २००८ (विसं २०६५ भदौ २ गते) पूवि तटवन्ध भत्किँदा नेपाललगायत बिहारमा धेरै ठुलो धनजनको क्षति भएको थियो। तर अहिलेको जस्तो तबाही त्यतिबेला पनि नभएको उनीहरुको भनाई छ।

एभिन्युज टेलिभिजनका पत्रकार वैद्यनाथ यादवका अनुसार भारतको बिहारमा बाढीले तवाही मच्चाएको वताएका छन्। नेपालका बागमती, सप्तकोशी, लालबकैया, गण्डक, बुढीगण्डकी, कमला, बलान, महनन्दा, घांघरा, कन्काइ लगायतका नदीको पानी बिहारमा पुग्ने गरेको छ।

नेपालको पानीबाट भारत विहारको पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, दरभंगा, सहरसा, मधेपुरा, सुपौल, मधुवनी, पूर्णिया, अररिया, किसानगञ्ज, गोपालगञ्ज, सारण, मुजफ्फरपुर, भागलपुर, कटिहार लगायतका क्षेत्र प्रभावित भएका छन्।

नेपालको पानीबाट बिहार डुबानमा पर्नुमा त्यहाँका जनताले बिहार सरकारलाई दोष दिइरहेको पत्रकार यादवले बताए। बिहार सरकारले आफूहरूको व्यवस्थापन गर्न नसकेको गुनासो स्थानीयवासीको छ।

सप्तकोशीको पूर्वी तटवन्ध ३ ठाउँ र पश्चिमी तटवन्ध ४ ठाउँमा भत्किएर वाढी बिहारमा पसेको छ। सप्तकोशी नदीबाट मात्र साढे ६ लाख र गण्डकबाट साढे ५ लाख क्युसेक पानी बिहार पसेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट