होटलमा गएर प्रेमीसँग यौन सम्पर्क गर्दा नर्सिङ छात्राको मृत्यु, प्रेमी पक्राउ

काठमाडौं– भारतमा यौन सम्पर्कका लागि प्रेमीसँग होटलमा पुगेकी एक नर्सिङ छात्राको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको छ। छात्राको मृत्यु भएपछि प्रहरीले उनका प्रेमी २६ वर्षीय युवकलाई पक्राउ गरेको छ।

यो घट्ना गुजरात राज्यको नवसारी जिल्ला स्थित जलालपुरमा भएको हो। त्यहाँका एक युवकले ती छात्रासँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर सिकिस्त हुँदा पनि अस्पताल नलगेर अनलाइनबाट औषधि मगाउन खोजेको प्रहरीको भनाइ छ।

फरेन्सिक रिपोर्टमा पनि अत्यधिक रक्तस्रावकै कारण छात्राको मृत्यु भएको पाइएको छ। प्रहरीले दर्ता गरेको उजुरी अनुसार नर्सिङ विषयकी छात्रा र युवक बीच ३ वर्षदेखि चिनजान थियो। तर दुई वर्षभन्दा लामो समय उनीहरू सम्पर्कमा रहेनन्।

हालै केही महिना अघि उनीहरूबिच फेरि सम्पर्क स्थापित भयो। २३ सेप्टेम्बरका दिन उनीहरू होटलमा पुगेका थिए। त्यस क्रममा यौन सम्पर्क गरेको र रक्तश्रावका कारण छात्राको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले दुवैको नाम गोप्य राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट