कोशी फुटेपछि डुवानमा परेकालाई राहत लिएर गएको हेलिकप्टर अनियन्त्रित भएर बाढीमा डुब्यो

काठमाडौँ– विहारमा कोशी नदीको बाँध फुटेर डुवानमा परेकाहरुलाई राहत लिएर गएको भारतीय वायुसेनाको हेलिकप्टर नै बाढीमा डुबेको छ। प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरणका क्रममा हेलिकप्टर बाढीमा डुबेको हो।

बिहार राज्यको दरभंगामा कोशी नदीको पश्चिमी तटबन्ध फुटेर बस्तीमा पसेको छ। डुबानमा फसेका मानिसलाई राहत–सामग्री बाँड्न पुगेको हेलिकप्टर आफैं डुबेको हो। बिहार राज्यस्थित मुजफ्फरपुरको घनश्यामपुरमा आपतकालीन अवतरणका क्रममा हेलिकप्टर डुबेको भारतीय समाचार माद्यमले जनाएका छन्।

समाचार अनुसार बुधबार दिउँसो बाढीपीडितलका लागि राहत लिएर पुगेको हेलिकप्टरको एउटा ब्लेड भाँचिएको थियो। जसका कारण हेलिकप्टरलाई आपतकालीन अवतरण गराउनुप¥यो। अवतरण बाढीकै पानीमा गराउने क्रममा हेलिकप्टर डुबेको जनाईएको छ।

घटनामा मानविय क्षती भने नभएको जनाईएको छ। स्थानीयबासीले तत्कालै डुंगा लगेर हेलिकप्टरमा सवार सबै जवान र पाइलटलाई बचाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट