हनिट्रयापमा पारेर ५ लाख फिरौती लिएपछि हत्या, पैसा बाँडेर निर्धक्क भएका ५ जना यसरी परे प्रहरीको जालमा

काठमाडौँ– १० दिनअघि काभ्रेको पाँचखाल नगरपालिका– ८, (४९ किलो) मा मृत फेला परेका कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीलाई ‘हनिट्रयाप’मा पारेर पैसा असुल गरिसकेपछि योजनावद्ध रुपमा हत्या गरेको खुलेको छ।

खड्गीको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बस्ने २१ वर्षीया मनिषा महत, शंखरापुर नगरपालिका–५ बस्ने २२ वर्षीया सरिन घिमिरे, महोत्तरी घर भई भक्तपुरको कौशलटार बस्ने २० वर्षीय आशिष पासवान, शंखरापुर नगरपालिका ५ बस्ने २१ वर्षीय रिकेश पौडेल र बागलुङ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतीक गौतम पक्राउ परेका छन्।

यस वाहेक भारतीय नागरिक अंसु खान र शिवम भन्ने ब्यक्ति पनि यो घट्नामा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरु फरार भएकाले इन्टरपोलमार्फत खोजी भइरहेको काभ्रे प्रहरीका एसपी वसुन्धरा खड्काले वताईन। प्रहरीका अनुसार यो समुहको नाईके मनिषा हुन।

मनिषासहितको समूले विनोदलाई ‘हनीट्रयाप’मा पारेर अपहरण पछि ५ लाख रुपैयाँ फिरौती लिएर गाडीभित्रै छातीमा ढुङ्गाले प्रहार गरी हत्या गरेको खुलेको छ। ५ असोजदेखि सम्पर्कविहिन भएका विनोदको खोजीका लागि परिवारका सदस्यले प्रहरीमा निवेदन दिएका थिए। ६ असोजमा विनोद मृत फेला परेका थिए। सडक छेउको झाडीमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। सुरुमा मृतकको पहिचान भएको थिएन। पछि विनोदकी पत्नि शान्ति खड्गीले शव सनाखत गरेकी थिईन।

प्रहरीका अनुसार धनी व्यक्तिलाई ‘हनीट्रयाप’मा पार्ने र रकम लुट्ने योजना अनुसार मनिषाले ५ असोजको बिहान विनोदलाई ‘नागरिकता बनाउन सहयोग गर्नुपर्‍यो’ भन्दै बोलाएकी थिइन्। मध्यान्ह करिव साढे ११ बजे उनीहरुको भेट भयो। त्यसपछि मनिषा र शिवमले विनोदलाई रक्सी खुवाए।

त्यही क्रममा खोर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएर विनोदमाथि आक्रमण गराईन। कुटपिटबाट घाइते भएका विनोदलाई हातखुट्टा बाँधेर उनीहरुले ३० लाख रुपैयाँका फिरौतीका लागि वार्गेनिङ गरे। पछि मनिषाले नै रकम धेरै भएको भन्दै १० लाख मागेकी थिइन्। विनोदले ‘त्यत्रो पैसा मसँग छैन’ भन्ने जवाफ दिए। ५ लाखमा कुरा मिलेपछि विनोदले प्रदीप थापा मगरमार्फत पैसा मगाए। साँझ करिव ५ बजे भक्तपुरको राधेराधेमा पुगेर प्रदिपले मनिषको समुहलाई पैसा जिम्मा लगाए।

तर, पैसा पाएपछि पनि मनिषाको समूहले विनोदलाई मुक्त गर्नुको सट्टा गाडीमा राखेर सूर्यविनायक–७ स्थित गुन्डु जाने सडकमा पुर्‍यायो। त्यही क्रममा विनोदलाई गाडीभित्रै ढुंगाले हानेर हत्या गरेको अनुशन्धानमा देखिएको प्रहरीले जनाएको छ। एसपी खड्काका अनुसार हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलो भन्ने ठाउँमा पुर्‍याएर अरनिको राजमार्गबाट तल झाडीमा शव फालेर उनीहरु भक्तपुर फर्किएका थिए। र पुरानो थिमीमा गाडी छोडेर आ–आफनो घर/डेरातिर लागे।

भोलिपल्ट भेट भएपछि अंशुले मनिषालाई १ लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार, रोशनी महतलाई ५० हजार रुपैयाँ दिए। यति मात्रै होईन, घटनाबारे प्रहरीले थाहा पाए ‘मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको र विवाद भएपछि आफूखुसी निस्किएको बयान दिने’ सहमति गरेर उनिहरु छुट्टिएको पाईएको छ।

यता, त्यही दिन प्रहरीले मनिषासहितलाई पक्राउ गर्‍यो। अनुशन्धान गर्दै जाँदा सवै कुरा खुलेको एसपी खड्काले बताईन। उनका अनुसार भारतीय नागरिक भनिएका अंसु खान र शिवमसँग मिलेर मनिषाले भारतमा समेत यस्तो धन्दा चलाएको खुलेको छ।

तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुल गरेक पाइएको प्रहरीको जनाएको छ। त्यहाँबाट फर्किने क्रममा उनीहरुले नेपालमा पनि यसै गरी पैसा कमाउने योजना बनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट