आज कहाँ कहाँ छ भारी वर्षा, बाढीपहिरो र डुबानको जोखिम ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौषम पूर्वानुमान महाशाखाको भनाई अनुसार नै आज विहानैदेखि कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ। कोशी प्रदेशमा आज दिनभर झरी पर्ने र भोलि पनि वर्षाको सम्भावना छ।

भारतको आसाम, मेघालय हुँदै नेपाल प्रवेश गरेको पानी पार्ने बादल कोशी प्रदेश हुँदै पश्चिमतिर सर्ने क्रममा छ। यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने जनाईएको छ। यो बादल जति पश्चिम सर्दै जान्छ, त्यति कमजोर हुँदै जाने छ।

यसअघि १०–१२ असोजसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पु¥याउन सक्ने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विगत एक घण्टाको अवधिमा सुनसरीको तरहरामा भारी वर्षा भएको छ।

बिहान पौने आठ बजेसम्मको एक घण्टाको अवधिमा तरहरामा १३.४ मिलिमिटर वर्षा मापन भइसकेको छ। त्यहाँ २४ घण्टादेखि नै वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशीका सर्दु, सुनसरी खोला, बुढी खोला, केसलिया खोला लगायतमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम हुनसक्ने बताएको छ।

सुनसरीको तरहरा, मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमनी विर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ।

यसैगरी, बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा पनि हल्का वर्षा भएको छ। काठमाडौंमा दिउँसो हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट