मेयर बालेन्द्र साहको कुरा उठेपछि पत्रकारले सोधेका प्रश्नको जवाफ नै नदिई हिँडे ओली

काठमाडौँ– १० दिने अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा पत्रकारले सोधेका प्रश्नको जवाफ नै नदिई हिँडेका छन्।

उनी स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा ओलीले आफना कुरा राखेर पत्रकारहरुले सोधका १/२ वटा प्रश्नको जवाफ दिए।

त्यसपछिका प्रश्नको जवाफ भने उनले दिएनन्। कुराकानीको क्रममा एक जना पत्रकारले प्रधानमन्त्री ओलीलाई काठमाडौँका मेयर बालेनसँग जोडेर प्रश्न गरेका थिए। तर, उनी ‘प्रश्नको लागि धन्यवाद’ भन्दै उठेर हिँडे।

राष्ट्रसंघीय महासभामा सहभागि भएर आएका ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गर्दै रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए। उनले भने, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन।’

ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गरिएको छ। उनले घाइतेको स्वास्थ्यलाभ कामना गरेका छन्। ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन्। उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए।

वक्तव्यमा ओलीले १० दिने भ्रमण क्रममा गरेका भेटवार्ता र तिनको उपलब्धिबारे चर्चा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट