वाढी र पहिरोका कारण १ सय जनाको मृत्यु, कुन प्रदेशमा कतिले ज्यान गुमाए ?

काठमाडौँ– अविरल वर्षापछिको वाढी र पहिरोका कारण हालसम्मको रेकर्ड अनुसार देशभर १ सय जनाको मृत्यु भएको छ। ४० जना घाइते छन् भने ६५ जना बेपत्ता छन्।

गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।

कोशीमा १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन् भने मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्।

बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट