उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पक्की पुल सुनकोशीको बाढीले बगायो

विराटनगर– सुनकोशी नदीमा आएको वाढीले उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पक्की पुल बगाएको छ।

बाढीले अपरान्ह करिव ४ बजे पुल बगाएको स्थानीय मिनराज राउतले वताए। उदयपुरको रौतामाई गाउँपालिका–५, फोक्सीङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्किराम्चेमा अवस्थित पुल करिव ४ बजे बगाएको उनले बताए।

उनका अनुसार पुलको दुई पटिका पिलर मात्र बाँकी छ भने बिचको भाग सम्पूर्ण रुपमा बगाएको छ। सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारको आर्क डिजाइनको पुलको आर्क नै कोशीले बगाएको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले पनि जानकारी दिए।

यो पुल सस्पेन्सन डिजाइनमा निर्माण सुरु भएर पछि डिजाइन परिवर्तन गरी करिव १० वर्ष लगाएर आर्क डिजाइनमा बनाइएको हो। १२० मिटर लम्बाईको यो पुल करिव २३ करोडमा निर्माण सम्पन्न भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट