तपाईँको आजको भाग्य – राशिफल

मिति २०८१ असोज १२ गते आश्विन कृष्ण पक्ष, इन्दिरा एकादशी व्रत तथा एकादशी श्राद्ध

मेषराशि-
आफूले गर्दै आएका काममा निराशा उत्पन्न हुने देखिन्छ मनलाई दृढ बनाएर काम गर्नु उपयुक्त हुन्छ । आर्थिक क्षेत्रमा भने उपलब्धि हासिल हुनेछ।

 

 

बृषराशि-
साथिभाइसँग भेटघाट बढ्ने साथै प्रेममा सफलता मिल्ने योग रहेको छ।पढाइमा भने आलस्यता बढ्ने देखिन्छ।

 

 

मिथुनराशि-
मन चञ्चल रहने छ। परिवारको सल्लाहबाट काम गर्नाले खुशी मिल्नेछ।व्यापारमा सफलता मिल्नेछ।

 

 

कर्कटराशि-
अधुरो रहेको काम बन्नाले मन प्रसन्न रहनेछ। यात्रामा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।

 

 

सिंहराशि
शरीरमा चोटपटक लाग्ने सम्भावना रहेकाले हातहतियार चलाउँदा सजग रहनुपर्ने देखिन्छ । मिष्ठान्न भोजन प्राप्तिको योग छ।

 

 

कन्याराशि-
पठनपाठन क्षेत्रमा रुचि बढ्नेछ।अकस्मात् धनप्राप्तिको योग रहेको छ।असाधारण खानपानको कारणले भने शरीरमा समस्या आउने देखिन्छ।

 

 

तुलाराशि-
अनावश्यक खर्चहरू बढेर जानेछन् ।हतारमा काम गर्नाले कार्य बिग्रनसक्छ, सचेत रहनुहोला । अतिथिको भने सत्कार गर्न पाइएला ।

 

 

वृश्चिकराशि
सन्तानको क्षेत्रबाट सुख मिल्ने छ।गरिरहेको कार्यमा सफलता प्राप्त हुनेछ साथै इष्टमित्रमा प्रशंसित भइएला।

 

 

धनुराशि-
शरीर आलस्य भई स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ । पशुचौपायामा वृद्धि हुनेछ ।

 

 

मकरराशि
शरीरमा आरोग्यता छाउनेछ ।शत्रुहरू पराजित हुनेछन्।नयाँ कार्यको थालनी हुनेछ।प्रेममा भने खिन्नता आउनेछ।

 

कुम्भराशि-
धर्ममा रुचि बढ्ने छ।मान्यजनसंगको भेटले खुशी मिल्नेछ। बोल्दा संयमित हुनुहोला।

 

 

मीनराशि-
कार्यमा अपयश पाउने योग छ।मानसिक चिन्ता बढ्नेछ। परिवारको भने साथ र सहयोग मिल्नेछ।

****************************


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट