विहे गर्न दबाब र पैसा मागेर हैरान पारेपछि महालक्ष्मीको हत्या भएको मुक्ति रञ्जनकी आमाको खुलासा

काठमाण्डौं– भारतको बेंगलुरुमा ५९ टुक्रा पारेर मारिएकी नेपाली युवती महालक्ष्मी दासको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ। महालक्ष्मीको हत्या गरेको स्विकार गर्दै आत्महत्या गरिसकेका उनका प्रेमी ३१ वर्षीय मुक्ति रञ्जन प्रताप रेकी आमा कुन्जलता रेले यसको खुलासा गरेकी हुन।

महालक्ष्मीले आफ्ना छोरालाई बिहे गर्न दबाब दिएको तथा पैसा मागेर हैरान पारेको उनको दावी छ। कुन्जलताले भनेकी छिन्–‘आफु त्यो महिलासँग फसेको विषयमा उसले कुरा गरेको थियो। पैसा मागेर हैरान पारेको र आफु उम्किने प्रयासमा रहेको उसले बताउँथ्यो।’ यही कारणले त्यस्तो घटना हुन पुगेको उनको दावी छ।

भारतीय अनलाइन अमरउजालाका अनुसार हत्यामा ४ जना आशंकित थिए। जसमा मुक्ति रञ्जन, शशिधर, सुनील र अशरफको नाम थियो। मुक्ति रञ्जन, शशिधर र सुनील महालक्ष्मीसँगै काम गर्थे। मुक्ति रञ्जन स्टोर म्यानेजर थिए। उत्तराखण्डका अशरफ भने महालक्ष्मीसँगै रहने÷वस्ने गरेका थिए। उनीहरुबीच प्रेम सम्वन्ध रहेको खुलेको छ।

उत्तराखण्डमा हेयर ड्रेसरको काम गर्ने असरफ र महालक्ष्मीबीच उनको काम गर्ने ठाउँमै झगडा पनि भएको थियो। असरफकै कारण महालक्ष्मीका पति–पत्निबीच झगडा भएर अलग्गै वस्न थालेको पनि खुलेको छ। महालक्ष्मीका पति हेमन्तका अनुसार एक दिन उनले महालक्ष्मीको मोबाइल फोन चेक गर्दा असरफसँगको सम्वन्ध खुलेको थियो। त्यसपछि उनीहरुको झगडा भएको र अलग–अलग वस्न थालेको उनले बताएका छन्।

तर, पछिल्लो समय प्रहरीको निगरानी मुक्ति रञ्जनमा केन्द्रित भएको थियो। उनले बुधबार ओडिशामा आत्महत्या गरेका छन। ओडिशाको भद्रक जिल्ला स्थित धुसुरी थाना क्षेत्रमा मुक्ति रञ्जन मृत फेला परेका हुन्। बेंगलुरु प्रहरी उनलाई पक्राउ गर्न त्यहाँ पुगेको थियो। पक्राउ पर्नुअघि नै उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ। घटनास्थलबाट एउटा झोला, नोटबुक र स्कुटर पनि बरामद गरिएको बेंगलुरु प्रहरीले जनाएको छ। नोट बुकमा उनले महालक्ष्मीको हत्या आफैँले गरेको स्वीकार गरेका छन्।

बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित तीनतले भवनभित्र २० सेप्टेम्बरका दिन २९ वर्षीया महालक्ष्मीको हत्या गरी शवलाई ५९ टुक्रा पारेर फ्रिजमा रााखिएको अवस्थाामा फेला परेको थियो। आरोपीले बाथरुममा लगेर शवलाई टुक्रा पारेको र सवुत मेटाउन वाथरुममा तेजावले सफा गरेको खुलेको छ।

स्थानीय मीडियाको रिपोर्ट अनुसार महालक्ष्मी र मुक्ति रञ्जन पनि प्रेम सम्वन्धमा थिए। उनीहरु एउटै कम्पनीमा काम गर्ने भएकाले कामकै सिलसिलामा नजिक भएका हुन। दुवै जनाले २ सेप्टेम्वरका दिन एकसाथ छुट्टी लिएका थिए। महालक्ष्मीले आमा मीना राणालाई फोन गरेर घर आउने बताएकी थिईन। तर, प्रेमीले नै उनको हत्या गरेपछि १९ दिनदेखि सम्पर्कविहिन भएको पाईएको छ।

मुक्ति रञ्जनको सुसाईट नोटमा उल्लेख भए अनुसार ३ सेप्टेम्वरका दिन उनीहरु दुवै महालक्ष्मीको डेरामा गएका थिए। जहाँ सामान्य कुरामा विवाद भएको थियो। विवादकै क्रममा महालक्ष्मीले आक्रमण गरेपछि आवेशमा आएर घाँटी न्याकेर हत्या गरेको र त्यसपछि हेक्सो व्लेडले शवलाई टुक्रा पारेको उल्लेख गरेका छन्।

महालक्ष्मीको परिवार ३५ वर्षअघि टीकापुरबाट बेंगलुरु सरेको पाईएको छ। उनी चरण सिंह र मीना राणा छोरी हुन। चरण र मीनाका महालक्ष्मी बाहेक तीन छोराछोरी छन् – लक्ष्मी, उकुम सिंह र नरेश। महालक्ष्मीका श्रीमान् हेमन्त दास पनि नेपाली नागरिक नै भएको वताईएको छ। सन २०१९ मा विवाह गरेका महालक्ष्मी र हेमन्त सन् २०२३ यता अलग्गै बस्ने गरेका थिए। उनीहरुको डिभोर्स भने भएको छैन। दुवैकी एउटी छोरी छिन्। उनी केही समय महालक्ष्मीसँग थिईन भने पछिल्लो समय नेलमंगलामा बसेर मोबाइल फोनको पसल चलाउने बुबा हेमन्त दाससँग बस्छिन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट