बेङ्लुरुमा नेपाली युवतीलाई ४० टुक्रा पारेर हत्या गरेको घट्नामा संलग्न ब्यक्ति मृत फेला परे

काठमाण्डौं– भारतको बेङ्लुरुमा नेपाली युवती २९ वर्षीया महालक्ष्मी दासको क्रूर हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति मृत फेला परेका छन्।

मुक्ति रञ्जन राय नाम गरेका ती व्यक्ति भारतको उडिसामा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ। भारतीय प्रहरीले ती व्यक्तिको सुसाइड नोट फेला पारेको छ। जसमा उनले महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन्। साथै हत्या गरेर गलत गरेको पनि उनले सुसाइड नोटमा उल्लेख गरेका छन्। भारतीय सञ्चारमाध्यमले जनाए अनुसार हत्याको कारण भने खुलेको छैन।

भारतको बेङ्लुरुस्थित एक भाडाको कोठामा वस्ने महालक्ष्मीको शव ३० देखि ४० टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला परेको थियो। फ्रिज वाहिर पनि मासुका टुक्रा छरिएका थिए। १९ दिनपछि उनको शव फेला परेको थियो।

रञ्जनले निकै अमानवीय र क्रूर ढंगले महालक्ष्मीको हत्या गरेका थिए। बेङ्लुरुको तीनतले भवनको एक कोठामा गन्ध आउन थालेपछि घरमालिकले प्रहरी र युवतीकी आमालाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी क्राइम सिन देखेर अत्तालिएको थियो। यसअघि यस्तो क्राइम सिन नदेखेको प्रहरी स्तब्ध भयो।

अत्याधिक दुर्गन्धका कारण प्रहरी पहिलोपटकमा कोठामा प्रवेश नै गर्न नसकेको भारतीय सञ्चार माद्यमले उल्लेख गरेका छन्। डबल मास्क लगाएर कोठामा पसेको प्रहरीले शवका टुक्राहरू संकलन गर्न फरेन्सिक टोली बोलाएको थियो। फरेन्सिकको टोलीले पनि शव संकलन गर्न नसकेपछि अस्पतालको मुर्दाघरका कर्मचारीलाई बोलाएर टुक्रा संकलन गरिएको थियो।

महालक्ष्मी टीकापुरका चरण सिंह र मीना राणाकी छोरी हुन। चरण र मीनाका महालक्ष्मी बाहेक तीन छोराछोरी छन् – लक्ष्मी, उकुम सिंह र नरेश। उनीहरु ३५ वर्षअघि टीकापुर छोडेर बैंगलोर सरेको बताइएको छ।

नेलमंगलामा बस्ने र मोबाइल फोनको सामान पसल चलाउने हेमन्त दाससँग महालक्ष्मीको विवाह भएको मीनाले बताइन्। महालक्ष्मीले व्यालिकवलमा अपार्टमेन्ट भाडामा लिएको बेला अक्टोबर २०२३ मा दम्पती अलग बस्न थाले।

महालक्ष्मीका भाइ उकुम सिंह र उनकी श्रीमती दीपिका पनि सोही घरमा करिब १५ दिन बसे। पछि महालक्ष्मीको उकुम सिंहसँग झगडा भयो र उकुम सिंह श्रीमतीसँगै मराठहल्ली सरे। मीनाले आफू बारम्बार छोरीलाई भेट्न आईरहेको वताएकी छिन्।

मीनाका अनुसार महालक्ष्मीले सेप्टेम्बर २ मा फोन गरेर आफू छिट्टै श्रीमानलाई भेट्न आउने बताएकी थिइन्। त्यो नै आमा र छोरीको अन्तिम संवाद थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट